काठमाडौं । अमेरिकी प्रयोगकर्ताको डेटा सुरक्षासम्बन्धी विवाद चलिरहँदा टिकटकका सेक्युरिटी चिफ (सुरक्षा प्रमुख) रोलान्ड क्लउटियरले राजीनामा दिएका छन् ।
आउँदो सेप्टेम्बर महिनादेखि लागू हुने गरी रोलान्डले आफ्नो पदबाट राजीनामा दिएका हुन् । उनको स्थानमा किम अल्बारेलाले काम गर्ने कम्पनीले जनाएको छ ।
एक विज्ञप्ति जारी गर्दै कम्पनीले राेलान्डले राजीनामा दिएको र सेप्टेम्बरबाट नयाँ प्रमुखले जिम्मेवारी सम्हाल्ने जानकारी दिएको हो ।