हरेक मानिस स्वस्थ र सुन्दर भएर बाँच्न चाहन्छ । त्यति मात्र कहाँ हो र प्रत्येक मानिसले आफ्नो जीवन सुखी खुसी होस् भन्ने सबैको चाहना हुन्छ तर हामीले सधैं खाने खानपान कसरी खाइरहेका छौं त्यसमाथि भर पर्दछ । जसमध्ये हाम्रो शरीरलाई क्याल्सियम कम भयो भने पनि हामीले सोचे जस्तो शरीर त के जीवन पनि सुखी खुसी हुन सक्दैन यदि हामीले खानपानमा ध्यान लिएनौं भने । त्यसकोलागि हाम्रो शरीरलाई चाहिने क्याल्सियम कसरी प्राप्त गर्ने त भन्ने विषयमा बुझ्न जरुरी छ । क्याल्सियम के के मा पाइन्छ त्यसको बारेमा बुझ्न पर्छ । विशेष गरी दूध र दूधजन्य उत्पादन क्याल्सियमको प्रमुख स्रोत भएको सबैलाई थाहा भएकै कुरो हो । क्याल्सियमले शरीरको मांसपेशी बलियो बनाउनका साथै हड्डी पनि दरिलो हुन्छ । तर सबैलाई दुध मन नपर्न पनि सक्छ त्यसकोलागि हाम्रो शरीरलाई आवश्यक क्याल्सियम पाउन दूधकै सट्टा अरु के के बाट क्याल्सियम प्राप्त गर्न सकिन्छ छ भन्ने बारेमा बुझ्न आवश्यक छ । क्याल्सियम प्राप्त गर्नकोलागि कुन कुन खाद्य उपयोगी हुन्छन् त यसको बारेमा पनि जानकारी लिनु हाम्रो स्वास्थ्यकोलागि लाभदायक हुनेछ ।
काँक्रो, बन्दाकोबी– हरियो काँक्रो, बन्दाकोबी पनि क्याल्सियम बढी हुने तरकारी हो । यसलाई सब्जीको रूपमा भन्दा जुस बनाएर खाँदा बढी क्याल्सियम पाइने चिकित्सकहरू बताउँछन् । एक कप झोल बनाएर पिउँदा एक सय ८८ मिलिग्राम क्याल्सियम पाइन्छ ।
तिल – अचारमा प्रयोग हुने तिल शक्तिवद्र्धक खाद्य सामग्री हो । यसमा क्याल्सियमको मात्रा प्रशस्त हुन्छ। एक औँस तिलमा २ सय ७७ मिलिग्राम क्याल्सियम पाइन्छ ।
बदाम – मानिसलाई शक्ति दिने खाद्यवस्तुमध्ये बदाम पनि एक हो । यसमा मिनरल र क्याल्सियम दुवै उच्च मात्रामा पाइन्छ । एक मुठी बदाममा ७२ मिलिग्राम क्याल्सियम पाइन्छ ।
टुसा पलाएको भटमास – हामी भटमास उसिनेर, भुटेर खान्छौँ । विभिन्न सांस्कृतिक पर्वमा भटमास टुसा आउने गरी भिजाएर दाल बनाएर खाने चलन छ । यसरी टुसा आएको भटमासमा पनि प्रशस्त क्याल्सियम पाइन्छ। आधा कप टुसा पलाएको भटमासमा दुई सय ३० मिलिग्राम क्याल्सियम हुन्छ ।
सेल्मन माछा – हामी सबैलाई थाहा छ, माछामा क्याल्सियम हुन्छ । तर, सेल्मन जातको माछामा अन्यभन्दा बढी क्याल्सियम हुन्छ । एउटा सेल्मन माछामा दुई सय १२ मिलिग्राम क्याल्सियम पाइन्छ ।