• जेष्ठ २ २०८३, शनिबार

ट्रक र स्करपियो एकआपसमा ठोकिँदा ७ जना घाइते

असार ३२ २०७९, शनिबार

काठमाडौं । भरतपुर महानगरपालिका–२९ केराबारीमा ट्रक र स्करपियो एकआपसमा ठोकिँदा सातजना घाइते भएका छन् ।

नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको ६ ख २७७२ नम्बरको ट्रकले आज साँझ विपरीत दिशाबाट आउँदै गरेको ग २ च ३५१२ नम्बरको स्कारपियोलाई ठक्कर दिँदा स्कारपियोमा सवार चालकसहित सात घाइते भएका हुन् । घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको छ ।

घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।