• मंसिर १३ २०८१, बिहीबार

जंक फूड र प्लाष्टिकजन्य पदार्थ प्रयोग नगर्ने बारे राप्ती गाउँपालिकाले गर्यो यस्तो अनुरोध

असार ३१ २०७९, शुक्रबार

घोराही । दाङको राप्ती गाउँपालिकाले गरेको निर्णयले यतिबेला धेरैलाई अचम्मित परिरहेको छ । पालिकाभित्रका सार्वजनिक स्थानहरुमा जंक फूड तथा प्लाष्टिकजन्य पदार्थ प्रयोग नगर्न गरिएको अनुरोधले धेरैलाई अचम्मित पारेको हो ।

सो पालिकाको २०७९ असार ३० गते बसेको बैठकले यस्तो निर्र्णय गरेको हो । बैठकपछि सार्वजनिक गरिएको विज्ञप्तीमा यस्तो जानकारी दिइएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘राप्ती गाउँपालकिा क्षेत्रभित्र रहेका सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, बैंक तथा वित्तीय संस्थाहरु तथा यस पालिका भित्र कार्यक्रम सञ्चालन गर्ने संघ संस्थाहरुले सार्वजनिक कार्यक्रम सञ्चालन गर्दा रबरजन्य प्लाष्टिकका फूल, खादा आदि तथा कोल्ड ड्रिंग्सहरु र जंक फुडहरु प्रयोग नगर्न, नगराउन तथा ती वस्तुहरुको सट्टा स्थानीय उत्पादिन प्रवद्र्धन गर्न, प्राकृतिक तथा दुग्धजन्य पदार्थ प्रवद्र्धन गर्नु हुन सबैमा अनुरोध छ’ ।

सो गाउँपालिकाले गरेको निर्णय कार्यान्वयन भएमा बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउन सकिनेछ । जंक फूडहरु खाँदा बालबालिकाको स्वास्थ्यमा नराम्रो असर परिरहेको छ भने नेपाली पैसा विदेशिएको छ ।

यतिमात्रै होइन नेपालमै उत्पादन भएका वस्तुको प्रयोग नहुँदा त्यस्ता वस्तुहरुले बजार पाएका छैनन् ।