काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । सुरुवाती उताचढावका बीच सेयर बजार अन्तिम समयमा समान्य बढेर बन्द भयाे ।
शुक्रबार नेप्से ७.९३ अंक (०.४० प्रतिशत) ले बढेर २००९.४६ अंकमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङसहित विकास बैंक, लघुवित्त जीवन बीमा समूहसहति लगानी कोष उपसूचकमा वृद्धि भएको छ । लघुवित्त उपसूचक सर्वाधिक १.५७ प्रतिशत र बैंकिङ उपसूचक १.३८ प्रतिशतले वृद्धि भएको हो ।
नेप्सेमा समान्य वृद्धि हुँदा २ घण्टा मात्रै सञ्चालन भएको बजामरा करिब डेढ अर्बको कारोबार भएको छ । ४० लाख ५१ हजार ७७१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४५ करोड ६३ लाखको कारोबार भएको छ । कारोबारमा आएकामध्ये अपर तामोकोशी हाइड्रोपावरको १९ करोड ७२ लाखको कारोबार भएको छ । यस्तै एभरेष्ट बैंकको ६ करोड ९५ लाखको कारोबार भएको छ ।
शुक्रबार धेरै मूल्य बढ्ने ५ वटाको सूचीमा ऋणपत्र सामूहिक लगानी कोषका इकाइहरु परेका छन् । सूचीकृत कम्पनीमध्ये सामुदायिक लघुवित्त ८.७१ प्रतिशतले सेयरमूल्य वृद्धि हुँदा माछापुच्छ्रे बैंकको सेयरमूल्य ८.५५ प्रतिशतले बढेको छ ।
ग्रिनलाइफ हाइड्रोपावरको सेयरमूल्य ५.३१ प्रतिशतले गिरावट हुँदा माउन्टेन हाइड्रो नेपालको सेयरमूल्य ४.७६ प्रतिशतले घटेको छ । यस्तै रिभर फल्स हाइड्रोपावरको सेयरमूल्य ४.७२ प्रतिशतले गिरावट भएको छ ।
कारोबार अवधिभर १८१ कम्पनीको सेयर कारोबार भएकोमा १०४ कम्पनीको सेयरमूल्य घटेको छ । यस्तै ७२ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ५ सूचीकृत कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।