• चैत्र ५ २०८१, बुधबार

घट्यो सुनको मूल्य, कति छ आजको भाउ ?

असार ३१ २०७९, शुक्रबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि गिरावट आएको छ । हिजो चाँदीको मूल्य प्रतितोला ११८० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला ११४५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।