• जेष्ठ १ २०८३, शुक्रबार

प्रहरीकै योजनामा कस्तुरीको बिना राखेर फसाउन खोजिएको आशंकमा छानबिन समिति गठन

असार ३० २०७९, बिहीबार

काठमाडौं । प्रहरीकै मिलेमतोमा एक जना सर्वसाधारणलाई फसाइएको आशंका भएपछि छानबिन समिति गठन गरेर अनुसन्धान शुरु भएको छ ।

प्रहरी कार्यालय रानीपोखरीका एसपी दिलिप घिमिरेको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी कृष्ण चन्द र प्रहरी निरीक्षक गणेशचन्द्र कोइराला छन् ।

गत असार २४ गते प्रहरी वृत्त गौशलाले कस्तुरीको बिनासहित एक जनालाई पक्राउ गरेको थियो । पक्राउ प्रश्चात प्रहरीले कस्तुरीको बिनासहित पाँचथर तुमविया गाउँपालिका–५ घर भई हाल काठमाडौं कपन बस्ने ४२ वर्षीय शिव लिम्बुलाई पक्राउ गरेको बुलेटिन प्रकाशित गर्यो ।

लिम्बूको बा ८२ प ५७९ नम्बरको मोटरसाइकलमा कस्तुरीको बिना लुकाई राखेको सूचना आएपछि बिनासहित उनलाई पक्राउ गरिएको भन्दै प्रहरीले घटना सार्वजनिक गरेको थियो। लिम्बुले प्रहरीसामू इन्कारी बयान दिदै आफूले सो अपराध नगरेको र सो बारे छानबिन होस् भने । लिम्बुका आफन्तले सो दिनको सिसिटिभी फुटेज हेरेर अनुसन्धान हुनुपर्ने लिखित निवेदन दिएपछि छानबिनका लागि काठमाडौं उपत्यका

सिसिटिभी फुटेजमा लिम्बुको मोटरसाइकलमा एक व्यक्तिले केही राखेको जस्तो देखिन्छ । लगतै ति व्यक्ति सडक पार गरेर शैलुन प्रवेश गरेको देखिन्छ । केही समयमै सादा पोशाकका प्रहरीले होटलमा बसेर खाजा खाइरहेका लिम्बुलाई पक्राउ गर्छन् । सादा पोशाकका प्रहरीसँगै बर्दी लगाएको प्रहरी पनि त्यहाँ आइपुग्छन् र मुचुल्का तयार पारेर लिम्बुलाई प्रहरी कार्यालय लगेको सिसिटिभी फुटेजमा देखिन्छ ।