काठमाडौं । प्रहरीले धनगढी उडेको बुद्ध एयरको जहाजभित्र चुरोट तान्ने एक यात्रुलाई पक्राउ गरेको छ ।
बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णका अनुसार उडान नं २५३ बाट बुधबार अपरान्ह काठमाडौंबाट धनगढी उडेको जहाजको भित्र एक यात्रुले शौचालय छिरेर चुरोट तानेका थिए ।
धनगढी अवतरण भइसकेपछि उनलाई धनगढी प्रहरीको जिम्मा लगाइएको कर्णले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीले अन्दाजी २८ वर्षीय नारायण उपाध्यायलाई पक्राउ गरि अनुसन्धान भइरहेको जानकारी दिएको छ ।