काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले लेखेका कतिपय कवितामा आशंका व्यक्त गरेका छन् ।
भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती तथा गुरु पूर्णिमाका अवसरमा बुधबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले उदाहरणका रूपमा घाँसी कवितालाई लिन सकिने बताउदै भानुभक्तले लेखेको घाँसी भन्ने शब्द त्यसबेला तनहुँमा चल्थ्यो चल्दैनथ्यो भन्दै घाँसी शब्द सहरमा चल्ने गरेको बताए । ‘घाँसी कविता भानुभक्तले तनहुँमा बसेर लेखे की ? मोतिराम भट्टले बनारसमा बसेर लेखे ? यसमा आशंका गर्न सकिन्छ ?’ओलीले प्रश्न गरे ।
उनले भानुभक्तको रामायणको अनुवाद भने उनी आफैले गरेको बताए । ‘यसको रचना कोही तनहुँमा बसेर भयो, कोही जेलमा बसेर भयो । मोतिराम भट्टका हजुरबाका घरमा आएर भानुभक्तलाई बस्ने गरेको भन्दै मोतिराममार्फत भानुभक्तका ग्रन्थहरू आएको बताए । मोतिराम भानुभक्तप्रति गुरुभक्तप्रति बढि निर्देशित र अभिप्रेरित भएको ओलीको भनाइ छ । भानुभक्तले शास्त्रलाई केही पण्डितहरूबाट खोसेर जनमानसमा ल्याएको उनले दाबीसमेत गरे । ओलीले संस्कृत भाषा बोलीचालीको नभएर सम्भ्रान्त भाषा भएको पनि बताए ।