काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सार्वजनिक कार्यक्रममा जान छोडेका छन् ।
बुधबार र बिहीबारका लागि तय भएका कार्यक्रमहरूमा उनले उपस्थित नहुने जानकारी गराएका छन् ।
बुधबार चार्टर एकाउन्टेन्टहरूको संस्था ए क्यानले मौद्रिक नीतिको विषयमा अन्तरक्रिया कार्यक्रम कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोलाइएको थियो । तर कार्यक्रममा उनी सहभागी भएनन् । कार्यक्रममा उनको सट्टामा राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्र सहभागी भए ।
गभर्नर अधिकारी कार्यक्रममा सहभागी नहुने भएपछि उक्त कार्यक्रम नै रद्द गरिएको छ ।