• जेष्ठ १ २०८३, शुक्रबार

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आरोपमा समातिए ‘हाइप्रोफाइल’

असार २९ २०७९, बुधबार

काठमाण्डौं । क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा एकजना ‘हाइप्रोफाइल’ लाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

क्रिप्टोकरेन्सीमार्फत् करोडौँको अवैध कारोबार गरेको आरोपमा प्रहरीले अमित श्रेष्ठलाई पक्राउ गरेको हो । नुवाकोट घर भएका उनको विभिन्न क्षेत्रमा लगानी रहेको बताइएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले उनलाई लाजिम्पाटबाट पक्राउ गरिएको जानकारी दिए ।

उनको साथबाट एउटा ल्यापटप बरामद गरेर थप अनुसन्धान भइरहेको कोइरालाले बताए ।