• मंसिर १० २०८१, सोमबार

४ अर्ब वर्ष अघिको ब्रम्हाण्डको तस्वीर सार्वजनिक

असार २९ २०७९, बुधबार

नासाले झण्डै साढे ४ अर्व अघिको ब्रम्हाण्डको तस्बिर सार्वजनिक गरेको छ । नासाका जेम्स वेब स्पेस टेलिस्कोपले खिचेको ब्रह्माण्डको गाढा चहकिलो स्पष्ट इन्फ्रारेड तस्बिर सार्वजनिक गरिएको छ । ह्वाइट हाउसमा आयोजित कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई नासाका अधिकारीहरुले जेम्स बेब टेलिस्कोपले खिचेको उक्त तस्बिर देखाएका थिए ।

तस्बिरमा SMACS 0723 नाम गरेको एउटा तारापुञ्जको समूहलाई कैद गरिएको छ । यो ४.६ अर्ब प्रकाश वर्ष दूरीमा छ । गत वर्षको डिसेम्बरमा ब्रह्ममाण्डको अन्वेषण गर्नका लागि नासाले यो टेलिस्कोपलाई अन्तरिक्षमा पठाएको थियो । नासाले सार्वजनिक गरेको यो तस्बिर ब्रह्माण्डको अहिलेसम्मकै सबैभन्दा सघन र स्पष्ट तस्बिर भएको बताइएको छ ।