• फाल्गुन २९ २०८१, बिहीबार

कांग्रेसले प्रदेश र संघीय निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिने

असार २९ २०७९, बुधबार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न प्रदेश तथा संघीय निर्वाचनमा गठबन्धन गरेर जाने प्रस्ताव अगाडि बढाएका छन् ।

संस्थापनइतर समूहले आसन्न निर्वाचनमा गठबन्धन नबनाउन दबाब दिइरहेका वेला केन्द्रीय समितिमा बलियो बहुमतमा रहेका सभापति देउवा गठबन्धनको पक्षमा उभिएका छन् । तर, संस्थापन पक्षकै केही नेताले गठबन्धन नगर्न सुझाएका छन् ।

मंगलबार बैठकमा गठबन्धनको विपक्षमा धारणा राखेका संस्थापन पक्षका केन्द्रीय सदस्य गुरु बराललाई एक्लै जितेर देखाउन चुनौती दिएका देउवाले बुधबार गठबन्धनको विकल्प नरहेको बताएका हुन् ।

‘हामी संकटको समयमा छौँ । संकटको वेला हामीलाई अरू पार्टीको साथ चाहिएको छ र अरूलाई हाम्रो साथ आवश्यक छ,’ बैठकमा देउवाले भने, ‘यो अवस्थामा गठबन्धन दलबीच तालमेल गरेर निर्वाचनमा जानुको विकल्प छैन, वास्तविकता बुझेर अगाडि बढ्नुपर्छ ।’ यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।