• जेष्ठ १ २०८३, शुक्रबार

किशोरी बलात्कार गरेको आरोपमा टिपर चालक पक्राउ

असार २८ २०७९, मंगलवार

काठमाडौं । किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना टिपर चालक पक्राउ परेका छन् ।

१७ वर्षीय किशोरीलाई बलात्कार गरी फरार रहेको आरोपमा दोलखाको गौरीशंकर गाउँपालिका-८ घर भएका ज्ञानबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

गत शुक्रबार दोलखाबाट-काठमाडौंतर्फ आउँदै गरेको टिपरमा चढेकी किशोरीलाई घर पुर्‍याइदिने भनी चन्द्रगिरि नगरपालिका-७ थानकोटमा पार्किङ गरेर चालक नेपालीले टिपरमै बलात्कार गरेको प्रहरीको दाबी छ ।

किशोरीलाई बलात्कार गरी चालक टिपर छोडेर फरार भएको खबर पाउनसाथ खटिएको प्रहरी वृत्त थानकोटको टोलीले नेपालीलाई काठमाडौं महानगरपालिका-१४ कलंकीबाट पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गराई करणीसम्बन्धी कसुरमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको ।