• चैत्र ५ २०८१, बुधबार

सुनचाँदीको मुल्य ओरालो लाग्याे, यस्तो छ आजको बजारभाउ

असार २८ २०७९, मंगलवार

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनचाँदीको मुल्य घटेको छ । आज सुनको मुल्य प्रतितोला दुई सय रुपैयाँले घटेको भने चाँदीको मुल्य १० रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार पाँच रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२७५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।