• जेष्ठ १ २०८३, शुक्रबार

जबर्जस्ती करणीमा बौद्धबाट पक्राउ परेका तीनैजना जेल चलान

असार २७ २०७९, सोमबार

काठमाडौँ । काठमाडौँको बौद्धमा जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका तीनैजना जेल चलान भएका छन् । काठमाडौँ महानगरपालिका¬–६ बौद्धस्थित लुङता गेष्ट हाउसमा गत जेठ २९ गते २४ वर्षीया एक महिलालाई जबर्जस्ती करणी गर्ने सिन्धुपाल्चोक मेलम्चीका २२ वर्षीय रिन्जेन शेर्पा भन्ने रिन्जेन दावा लामा, सर्लाही बागमती नगरपालिकाका ३४ वर्षीय उत्तम लामा भन्ने उत्तरमान मुक्तान र काठमाडौँ बौद्धका रितेश तामाङलाई आज जेल चलान गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँको आदेशअनुसार पक्राउ परेका उनीहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको जानकारी दिए। पक्राउ परेको गेष्ट हाउस सञ्चालक झ्याम्पा ढिल्ले शेर्पालाई भने रु १० लाख धरौटीमा छोडिएको प्रहरीले जनाएको छ ।