• जेष्ठ १ २०८३, शुक्रबार

मगर भेजा समाज नेपालद्वारा आजिवन सदस्यता प्रमाण–पत्र वितरण गरियो

असार २७ २०७९, सोमबार

काठमाडौं । मगर भेजा समाज नेपालको आयोजनामा सोमबार एक कार्यक्रम समारोह बिच आजिवन सदस्यता प्रमाण– पत्र वितरण गरिएको छ ।

मगर समुदायको भाषा, धर्म,संस्कृति र सम्पदालाई जेर्गना संरक्षण र प्रर्वदन गर्ने व्यक्तित्वहरुलाई आजिवन सदस्यता प्रमाण–पत्र वितरण गरिएको हो ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै ताकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले मगर भेजाको पनि नेवार समुदायको गुठी जस्तै भएको बताउँदै आफ्नो भाषा,धर्म, संस्कृति संपदा र पहिचानलाई जोगाउन एकताबद्ध भएर अघि बढ्न सकेमात्र ति संम्पदा र संस्कृतिहरुको अस्तित्व रहने बताए । उनले आफू विशुद्ध जनताको हकहित र सेवा गर्न आएको बताउँदै समाजविकासलागि नगरपालिकाले सक्रिय भूमिका खेल्ने समेत उल्लेख गरे । आजिवन प्रमाण– पत्र कार्यक्रममा आयोजक संस्था मगर भेजाले नगरप्रमुख महर्जनलाई बधाई तथा शुभकामना व्यक्त गरेको संस्थाकी अध्यक्ष पार्वती थापामगरले बताईन ।

मगर भेजा समाज नेपालकी अध्यक्ष एवम् नेपाल प्रहरीका पूर्व डिआइजी पार्वती थापामगरले भेजा समाज विशुद्ध समाज सेवाकोलागि संस्था गठन भएको बताउदै मगर समुदायको हकहितका साथै भाषा, धर्म,संस्कृति,पहिचान र सम्पदालाई जीवन्त राख्न र समुदायलाई आर्थिक, सामाजिक रुपमा सशक्त बनाउन पनि यो समाज गठन भएको बताईन् । उनले समाजको हितकोलागि केही गर्न चाहना भएका व्यक्तिहरुलाई संस्थामा आबद्ध हुन पनि आह्वान गरिन् ।

अध्यक्ष थापामगरले भेजा समाज नेपाल मगर समुदायको लागि मात्र नभई राज्यदेखि पछि परेका समुदायको हकहितकालागि काम गर्दै राज्यलाई विकास निर्माणमा टेवा दिन पनि यो समाज गठन भएको बताईन । कार्यक्रममा उत्कृष्ट कार्य गर्ने सदस्य गोपाल थापामगरलाई दोसल्ला ओढाई सम्मानका साथ मायाको चिनो समेत प्रदान गरिएको थियो । साथै आजिवन प्रमाण–प्रध समेत प्रदान गरिएको हो । उक्त कार्यक्रमको सहजीकरण महासचिव तारादेवी थापामगरले गरेकी थिईन् भने स्वागत मन्तब्य समाज नेपालका उपाध्यक्ष खिम थापामगर मगरले गरेका हुन्।