• बैशाख २४ २०८३, बिहीबार

सरकारले कसैलाई पनि नागरिकता लिनबाट वञ्चित गर्ने छैन : सञ्चारमन्त्री कार्की

असार २७ २०७९, सोमबार

काठमाडौं  । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले नागरिकताका कारण उत्पन्न समस्या समाधान गर्नका लागि  नयाँ नागरिकता विधेयक सङ्घीय संसद्मा दर्ता गरेको बताएका छन्  ।

नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर ४ ले सुनसरीको कोसी गाउँपालिका–३ मा आज आयोजना गरेको इद मिलन कार्यक्रममा उनले सरकारले कसैलाई पनि नागरिकता लिनबाट वञ्चित नगर्ने बताउदै पाँच/छ लाख युवा नागरिकता नपाएका कारणले समस्याको सामना गरिरहेको बताए ।

नागरिकता नभएका कारणले युवाले स्वास्थ्य, शिक्षा, लोकसेवा, विभिन्न सरकारी सेवाबाट वञ्चित भएको बताउँदै उनले वर्तमान सरकारले यी सबै समस्या सहमतिको आधारमा छिट्टै समाधान गर्ने विश्वास दिलाए । नागरिकतासम्बन्धी संसद्मा दर्ता भएको नयाँ विधेयक चाडै नै पारित हुने उनले बताए ।