• जेष्ठ १ २०८३, शुक्रबार

रोल्पाको जंगलमा पहिचान नखुलेको पुरुषको शव फेला, अनुसन्धान जारी

असार २६ २०७९, आईतवार

रोल्पा।  परिवर्तन गाउँपालिकाको जंगलमा एक युवकको शव फेला परेको छ ।

गत असार २३ गते परिवर्तन गाउँपालिका वडा नं १ घमेरी सामुदायिक वनको जंगलमा मृतकको शव फेला परेको हो । मृतकको हालसम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

पुरुषको सडेको शरीर दुर्गन्धित अवस्थामा फेला परेको थियो । जिल्लाको रेउघा अस्पतालको लाश घरमा उनको शव राखिएको छ । उनका आफन्त तथा नातेदारलाई लाश सनाखतको लागि सम्पर्क राख्न अनुरोध गरिएको छ ।