• फाल्गुन २९ २०८१, बिहीबार

सार्वजनिक विदाका दिन सरकारी नम्बर प्लेटका गाडी गुडाउन मिल्ने

असार २६ २०७९, आईतवार

काठमाडौ. । सरकारले सार्वजनिक बिदामा पनि विद्युत्बाट चल्ने सरकारी नम्बर प्लेटका गाडी गुडाउन अनुमति लिन नपर्ने व्यवस्था गर्न लागेको छ ।

बिजुलीबाट चल्ने गाडी प्रवर्द्धन तथा प्रोत्साहन गर्न बिदाका दिन पनि यस्ता गाडी गुडाउन अनुमति लिन नपर्ने व्यवस्था गर्न लागिएको भौतिक पूर्वाधार मन्त्रालयका सचिव गोपाल सिग्देलले बताए ।

‘सरकारी तहमा बिजुली गाडी प्रयोग बढाउन तथा डिजेल तथा पेट्रोलको खपत सकेसम्म कम गर्न यस्तो गृहकार्य सुरु भएको छ’, सिग्देलले भने । बिजुली गाडीको प्रयोगलाई सरकारी तहबाटै प्रोत्साहित गर्नुपर्ने उनको भनाइ छ ।

शनिबार तथा सार्वजनिक बिदामा सरकारी नम्बर प्लेटका गाडी गुडाउन पाइँदैन । सार्वजनिक बिदाका दिन सरकारी गाडी गुडाउनुपरेमा सम्बन्धित मन्त्रालय र जिल्लाको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ ।

अहिलेको व्यवस्थाअनुसार, अति आवश्यक अवस्थामा मात्र सम्बन्धित मन्त्रालय तथा जिल्लामा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर मात्र सार्वजनिक बिदामा सरकारी गाडी गुडाउन सकिने गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए । यो समाचार नागरिक दैनिकमा छ ।