• मंसिर १३ २०८१, बिहीबार

सावधान ! काठमाडौंमा मात्रै २७ जनामा हैजा पुष्टि

असार २५ २०७९, शनिबार

काठमाडौं । अहिलेसम्म २७ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार दिएको जानकारी अनुसार २७ जनामा हैजा पुष्टि भएको हो ।

जसमध्ये १० जनाको केस स्टूल कल्चर गरी, १२ केस आरडिटी र पाँच जनाको केस ह्याङिङ ड्रप गरी पुष्टि भएको हो ।
सुरूमा असार २ गते हैजा देखिएको थियो । काठमाडौंको बागबजार बस्ने एकै परिवारका दुई जनामा पुष्टि भएको थियो । त्यसको भोलिपल्टै ललितपुरको सानेपामा पनि देखिएको थियो ।

असार ५ गते फेरि डिल्लीबजारमा चौथो केस देखिएको थियो । असार ६ गते बुढानिलकण्ठ–१० कपनका एक जनामा र असार ७ गते काठमाडौं–१६ बोराटारमा पनि हैजा देखिएको थियो ।

अहिले तीन जना अस्पतालमा उपचाररत छन् । दुई जना भने पाँच वर्ष मुनिका बालबालिकामा हैजा देखिएको हो ।