काठमाडौं । रौतहटमा ४ वर्षकी बालिका अपहरण गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
बालिका अपहरण गरेर फिरौती मागेको अभियोगमा रौतहटको इशनाथ नगरपालिका वडा नं. ७ का २४ वर्षीय महमद अविर हुसैनलाई पक्राउ गरेको हो । बालिका अपहरण प्रश्चात हुसैनले २० लाख फिरौती मागेको प्रहरीले जनाएको छ ।
रौतहट जिल्ला प्रहरी कार्यालयका अनुसार हुसैनले बिहीबार साँझ आफ्नै घरबाहिर खेल्दै गरेको अवस्थामा बालिका अपहरण गरेका थिए ।
सोही साँझ साढे ७ बजेतिर पीडितका आफन्तलाई फोन गरी २० लाख रुपैयाँ लिएर आफूले भनेको स्थानमा आउन भन्दै अन्यथा छाेरी मारिदिने धम्की दिएका थिए ।
अपहरणमा परेको सूचना लगतै प्रहरी टोलीले रौतहटको राजपुर नगरपालिका वडा १ बहुअर्वा मदरसाअगाडि सडक छेउमा रहेको घुम्ती पसलनजिक बाँसले बनाएको खाटमा सुताइराखेको अवस्था बच्चाको उद्धार गरेको हो।