• बैशाख २४ २०८३, बिहीबार

बाजुराको बुढीगंगा २ को वडाध्यक्षमा एमाले उम्मेदवार विजयी

असार २५ २०७९, शनिबार

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर २ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार पदम बहादुर भण्डारी विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार नरबहादुर थापालाई पराजित गर्दै एमालेका थापा वडाध्यक्षमा विजयी भएका छन्।

विजयी भण्डारीले ८३८ ल्याए। उनका प्रतिस्पर्धी नर बहादुर थापाले २३५ मत ल्याए।

वडा नम्बर २ सहित नेकपा एमालेका उम्मेदवारहरुले नगरपालिकाका ४ वटा वडाको वडाध्यक्षमा जित हासिल गरेका छन्। वडा नम्बर १, २, ९ र १० को वडाध्यक्षमा एमाले उम्मेदवारहरु विजयी भएका हुन्।