• मंसिर १३ २०८१, बिहीबार

काठमाडौंमा २७ जनामा हैजाको संक्रमण देखियो,खोप दिन डब्लूएचओलाई आग्रह

असार २४ २०७९, शुक्रबार

काठमाडाैं । काठमाडौं उपत्यकामा २७ जनामा हैजा संक्रमण देखिएको छ ।

कागेश्वरी मनहारामा थप तीन जनामा र ललितपुरको हरिसिद्धिमा एक जनामा हैजा देखिएको हो ।

यो सँगै काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या २७ पुगेको हो । हैजाको संक्रमण फैलिएपछि सरकारले हैजाविरुद्धको खोप दिन डब्लूएचओलाई आग्रह गरेको छ ।

‘खोपको लागि डब्लूएचोलाई आग्रह गरेका छौँ । जवाफ आउन बाँकी छ,’ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भने, ‘काठमाडौं ठूलो ठाउँ भएकाले खोपको व्यवस्थापन गर्न कठिन छ ।’