• जेष्ठ २७ २०८३, बुधबार

बाजुराको बूढीगङ्गामा मतदान सम्पन्न , मतगणना आजैदेखि सुरु

असार २३ २०७९, बिहीबार

काठमाडौं । बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान सकिएको छ । चुनावमा ६६ दशमलव ७५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको बाजुराका जिल्ला निर्वाचन अधिकारी दिपेन्द्र थापाले जानकारी दिए ।

दिउँसो केहीबेर विवाद भए पनि पछि सामान्य तरिकाले नै मतदान सम्पन्न भएको उानले बताए । आज बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो । मतदान सकिएपछि अहिले मतपेटिका सङ्कलन गर्ने काम भइरहेको छ ।

केहीबेरमा सर्वदलीय बैठक बसेर अबको एक ,दुई घण्टामा स्थानीय भानु माध्यमिक विद्यालयमा मतगणना सुरु गरिने जिल्ला निर्वाचन अधिकारी थापाले बताए ।

गएको वैशाख ३० मा यहाँ पालिका चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विरोध भएपछि निर्वाचन आयोगले फेरि आज चुनाव गर्ने निर्णय गरेको थियो । कांग्रेसबाट बूढीगङ्गाको मेयरमा रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँले उम्मेदवारी दिएका छन् ।