• जेष्ठ १ २०८३, शुक्रबार

अर्थमन्त्रीको बजेट खारेज गरी नयाँ बजेटको माग

असार २३ २०७९, बिहीबार

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पेश गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद सुवालले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएकाले उनले प्रस्तुत गरेर संसदबाट पारित भएको सो बजेट खारेज गरी नयाँ ल्याउन जरुरी रहेकोबताएका हुन् ।

सांसद सुवालले एसपीपीमा सहभागी नहुने मन्त्रीपरिषदको निर्णय अमेरिकालाई पत्राचार नगरेको भन्दै परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई कारबाही गर्न पनि सरकारलाई दवाव र्दिएका छन् ।

उनले कांग्रेस नेता शेखर कोइराला आफैंले सरकारकै कारण संस्थागत भ्रष्टाचार बढदै गएको भनाई आएको उल्लेख गर्दै प्रधानमन्त्री शेरबहादुर देउवामाथि छानवीन गर्नुपर्ने जिकीर समेत गरे। उनले भक्तपुरको दुवाकोटा र नगरकोट सडकको कालोपत्रे समयमै सम्पन्न गराउन पनि सरकारलाई सचेत गराए ।