• जेष्ठ १ २०८३, शुक्रबार

माओवादी केन्द्रको बैठक एक घण्टाका लागि स्थगित

असार २३ २०७९, बिहीबार

काठमाडौं ।नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक एक घण्टाका लागि स्थगित भएको छ ।

पार्टी अध्यक्ष प्रचण्डले पोलिटब्युरो सदस्यको नाम हलमा प्रस्तुत गरेपछि एक घण्टाका लागि बैठक स्थगित भएको हो ।

केही नेताहरुले नामबारे असन्तुष्टि जनाएपछि बैठक स्थगित गरेर आन्तरिक छलफल थालिएको बताइएको छ ।

एक घण्टापछि पुनः बैठक सुचारु हुने बताइएको छ । बैठकबाट स्थायी कमिटी पनि गठनको तयारी छ ।