काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंक (एनबी बैंक)को एकीकृत कारोबार यही असार २७ गतेदेखि हुने भएको छ।
होटल हायात रिजेन्सीमा विशेष कार्यक्रम गरी दुई बैंक एक हुने छन् । नबिल बैंकका प्रबन्धक कृष्ण सुवेदीका अनुसार नबिल बैंक लिमिटेडले एनबी बैंक लिमिटेडलाई प्राप्ति गरी नबिल बैंक लिमिटेड कायम हुन लागेको हो ।