• जेष्ठ १ २०८३, शुक्रबार

देशको विभिन्न स्थानमा ६ जना मृत अबस्थामा फेला

असार २३ २०७९, बिहीबार

काठमाडौं । देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् ।

ललितपुर, तेह्रथुम, कैलाली, पर्वत, रौतहट र मोरङमा उनीहरु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभु बसपार्क नजिक पाटीमा करिब ५० वर्षीय रेशम लामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

तेह्रथुमको फेदाप गाउँपालिका–१ ओख्रे बस्ने ४० वर्षीय कर्ण बहादुर खड्का सोही ठाउँस्थित कुरूङबाङ चोक नजिक बाटोमा बुधबार मृत अवस्थामा फेला परेका छन् । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित बसपार्क पछाडी गोदावरी नगरपालिका–४ बाँस्कोटा बस्ने ६० वर्षीय इन्द्र मल्ल बुधबार मृत अवस्थामा फेला परेका छन् ।

पर्वतको फलेबास नगरपालिका–४ थुमीस्थित सडक छेउमा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । रौतहटको गौर नगरपालिका–३ स्थित सडक छेउमा हाल पहिचान नखुलेका करिब ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङको विराटनगर महानगरपालिका–११ बसपार्कस्थित कुर्सीमा हाल पहिचान नखुलेका करिब ५५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।