काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण तत्कालका लागि रोकिएको छ ।
अमेरिकासँग एसपीपी सम्झौता नगर्ने सरकारको निर्णयसँगै सोही प्रकृतिको सम्झौता हुन सक्ने चर्चा भइरहेका बेला अकस्मात प्रधानमन्त्रीको भ्रमण रोकिएको हो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटका क्रममा देउवाले आफ्नो तत्काल अमेरिका भ्रमण नहुने भनेर जानकारी गराएका छन् ।माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रचण्डले तत्काल प्रधानमन्त्री अमेरिका नजाने ब्रिफिङ गरेको एक नेताले बताए ।