• बैशाख २३ २०८३, बुधबार

कर्णाली प्रदेश सभाको बैठक एमालेले अवरोध गर्ने चेतावनी दिएपछि सभामुखले बोलाए सर्वदलीय बैठक

असार २३ २०७९, बिहीबार

सुर्खेत । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोध कारण स्थगित भएको कर्णाली प्रदेशको प्रदेश सभा बैठक पुनः आज बस्दैछ ।

आफना माग सम्बोधन गर्नका लागि पटक पटक आग्रह गरे पनि मुख्यमन्त्री जीवनबहादुर शाहीले सम्वोधन नगरेको जनाउँदै एमालेले बैठक अवरुद्ध गर्दै आएकोले आज (बिहीबार) पुनः बैठक आह्वान गरिएको हो ।

गत माघमा भएको ७ बुँदे सहमति कार्यान्वयन नगरेको, मुख्यमन्त्री रोजगार कार्याक्रमको कार्यविधि नसच्चाएको, सुदूरपश्चिमका तीनवटा जिल्लालाई समेटेर बजेट ल्याएको आरोप एमालेले लगाउँदै त्यसलाई सच्चाउनुपर्ने माग राख्दै आएको छ ।

तर, मुख्यमन्त्री शाहीले प्रतिपक्षी दलको माग सम्वोधन नगरिसकेकाले आजको प्रदेशसभाको बैठक पनि अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

पटक पटक सर्वदलीय बैठकवाट सहमति गर्ने प्रयास गरे पनि सहमतिमा नपुगेको अवस्थामा सभामुख राजबहादुर शाहीले बैठक अघि पुनः सर्बदलीय बैठक बोलाएर सहमतिको प्रयास गर्ने तयारी गरेका छन ।