काठमाडौं । लायन्स क्लब अफ काठमाडौं रोजले बुधबार टेकु स्थित क्वालेटी फुड ल्याण्ड क्याफेमा हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
लायन्स क्लब अफ काठमाडौं रोजको अध्यक्षमा मोहना मोथे खनाल नियुक्त भएसँगै कार्यभार सम्हाल्नको लागि उक्त कार्यक्रम आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं रोजको निवर्तमान अध्यक्ष पार्वती कार्की खत्रीलाई सफल कार्यकालको शुभकामना दिएकी थिइन भन् नवनिर्वाचित अध्यक्ष मोहनालाई कार्यभारको जिम्मा दिँदै स्वागत मन्तब्य दिइन्। साथै लायन्स क्लब अफ काठमाडौं रोजका प्रथम उपाध्यक्ष वर्षा श्रेष्ठ,द्वितीय उपाध्यक्ष विपश्ना खनाल,सचिव रत्न महर्जन,सहसचिव श्रुति मर्हजन कोषाध्यक्ष पूर्णिमा श्रेष्ठलाई कार्यभार हस्तान्तरण तथा स्वागत गरिएको थियो । कार्यक्रममा क्षेत्रीय अध्यक्ष यज्ञराज पौडेल,अञ्चल अध्यक्ष कल्पना चापागाईँ ,चार्टर अध्यक्ष सुष्मा पराजुलीको विशेष उपस्थिति रहेको थियो ।