• मंसिर १२ २०८१, बुधबार

तीन चिज कहिल्यै लुक्न सक्दैन्….!

असार २२ २०७९, बुधबार

दीपा आले  । बौद्ध धर्मका प्रणेता वा महामानव बुद्धले भनेका छन्–तीन चिज कहिल्यै लुक्न सक्दैन ति हुन, सूर्य, चन्द्रमा र सत्य । यी तीन चिज जसले बुझेर आफ्नो सोविवेकलाई ठाउँमा राख्न सक्छ उसले अनावश्यक दोहोरीका प्रोपागान्डा गर्नुपदैन् । यो विषय तपाई हामी सबैमा लागु हुन सक्छ । मात्र बुद्ध बुद्दु कसरी पहिचान गर्ने भन्ने विषय महत्वपूर्ण हो । प्रसंग केही समय अघि नायिका र भिक्षु बिच भएको घटनालाई लिएर समाजिक सञ्जालदेखि चोक चौराहा र घरपरिवार हुँदै जातीगत समूहका झुण्ड झुण्डमा समेत यो मुद्धाको दोहोरी खुलेरै भएको पाइयो । जसले गर्दा हामी र हाम्रो समाज कता तिर गईहरेको छ भन्ने बारेमा हामी भित्रको म म भन्ने चित्रणलाई स्पष्ट रुपमा देखाएको छ ।

हुन त यो विषय उठाउनु पर्ने खासै जरुरी थिएन तर आउने दिनहरुमा यस्ता गतिविधिमा संक्रिण सोंचको हावी तपाई हामी र म भित्र नहोस् भन्नकोलागि पनि लेख्नु पर्ने अवस्था सिर्जना भएको छ । प्रायः मानिसहरुले घटना लगत्तै आ आफ्ना अभिव्यक्ति दिने चलन छ । जसले घटनाको बास्तविक चुरो कुरो नबुझी झन् त्यस्ता घटनालाई आगोमा घ्यू थप्ने काम तपाई हामी र म बाटै भएको छ जुन घटना र परिदृश्यले समाजको चित्रण र संचनालाई खल्बनाउन ठूलो टेवा पुराई रहेको हामी सबैलाई अवगत नै छ ।

नायिका र भिक्षुको त एउटा उदाहरण मात्र हुन् जो प्रत्यक्ष समाजमा आउन सक्यो तर यस्ता लुकेर बसेका मुद्धाहरु समाजमा थुप्रै छन् जसको लेखाजोखा गर्न कठिन छ । तर कुनै पनि महिला होस् या पुरुष आफू माथि हिंसा भएको छ भने त्यसको प्रतिवाद गर्नु न्यायोचित मान्नुपर्छ । तर समाज सत्यताको पछि दौडिनको साटो केवल म मेरो घरपरिवार र मेरो जातीभित्र केन्द्रीत हुँदा हामी भित्र मानवतावाद हराई सक्यो कि भन्ने प्रश्न तपाई हामी सबैमा महसुस पक्कै पनि भएको छ । यस्ता घटनालाई अझ साम्य र सुर्धात्मक ढंगले अघि बढाउनुको साटो झनै समुदायको अस्तित्वमाथि प्रहार हुने खालका हिंसात्मक र अश्लिल शब्दहरुले दोहोरी खेलिरहदा तपाई हामीलाई लज्जाबोध पक्कै भएको हुनुपर्छ तर हामीमा सत्यको बाटो भन्दा पनि केवल म भन्ने आशक्ति र ईगोका कारण यस्ता घटनाले स्थान पाई रहेको छ ।

हरेक मानिस एउटा सुन्दर फूल जस्तै हो । हरेकका आ आफ्नै चरित्र र क्षमता हुन्छन् । सबै भन्दा ठूलो गद्धार खेल ति तत् व्यक्तिहरुले खेले जसले आफूलाई संसारकै सुपरस्टार सम्झीएका थिए । घटनामा भएका गल्ती कमजोरीलाई सुर्धादै आत्माआलोचना गर्नुको साटो झनै छिटोहाइलाइट हुने संर्किण सोंच र आशक्तिले गर्दा नायिका र भिक्षुको केसमा नुनचुक थप्ने काम गरियो जसको भागीदार एक जना व्यक्ति होइन समुदायमा हिंसात्मक गतिविधि र फोहोरी आकृति देखाउने कार्य भयो । जुन गतिविधिले गर्दा समाजमा तनाव मात्र होइन कतै जातीय र धार्मिक द्वन्द्व फैलिने त होइन भन्ने अवस्थामा पुग्न थालेको थियो । वास्तविक सत्यताको पछि दौडीनुको साटो एक समुदायका व्यक्तिले अर्को व्यक्तिलाई गालीगलौच गर्न समेत पछि परेनन्। त्यो उग्र घटनाका विषयविस्तुमाथि मेरो मानपटलले पनि केही समय सोंच्न बाध्य बनाएको थियो तर पनि म केही समय मौन बसे बास्तविक गहिराईमा नपुग्दासम्म कसैलाई दोषि र कसैलाई पीडितको संज्ञा दिनुभन्दा यो घटना के कारणले भयो यो घटना गराउने र यो घटनालाई आगो बाल्ने ति संकिण आशक्ति व्यक्तिहरुको खोजीमा केही समय अनुसन्धानमै बित्यो ।

घर, परिवार समाज हुँदै देश विदेशमा घटनाले आगो बाल्न थालेपछि जातीबादका संकिण सोंच र आशक्ति भएका केही आफूहरुलाई ठूला व्यक्तिहरुको रुपमा चिनाउन चाहनेहरुले एकले अर्कोलाई आरोप लगाउँदै केही दिन रडाको मच्चाउन समेत पछि परेनन् । तर ति व्यक्तिहरुलाई थाहा छैन मैले के बोल्दै छु र मैले बोलेको बोलि र गतिविधिले समाज र राष्ट्रमा कस्तो असर पार्छ भन्ने कुरो । तर बुझेर पनि बुच पचाई जातीबादको दंगाफसादमा लागेर आफू कस्तो मान्छे हुँ भन्ने आकृति देखाउन पछि परेन् ।

अर्को महत्वपूर्ण पक्ष घटना घटिसक्यो । घटनालाई फुट होइन आ आफ्ना गल्ती स्वर्कादै सहमति गरेर अघि बढी सकेको केसलाई हामी भित्रै कै मै हुँ भन्ने व्यक्तिहरुले अझै नकारात्मक गतिविधि फैलाउन पछि परेनन् । स्यम् भिक्षुले समेत आफूले गरेको गल्तीलाई स्वर्कादै सहमति गरिसकेको अवस्था थियो फेरी त्यस मुद्धालाई लिएर उनले पनि विभिन्न ठाउँमा आफ्ना स्पष्टीकरण दिंदा यो मुद्धाले अझ स्थान पाएको हो । अर्को तिर नायिकालेपनि सहमति गरि सकेको मुद्धामा फेरी उनी पनि केही युटुव च्यानल मार्फत घटनाको स्पष्टीकरण दिंदा यो घटनाले जातीबादी उग्रवादको रुप लिन पुग्यो । यदि नायिकाले पनि आफू हुलमूलमा हेड्दै गर्दा आफू कतिको सुरक्षित छु भन्ने विषयमा हेक्का राखेकी भए सायद यो घटनामा अन्य व्यक्तिले नायिकामाथि हिंसा गर्न सक्ने हिम्मत हुने थिएन । बुढापाकाले भन्ने गर्दछन् हुलमुलमा ज्यान जोगाउनु अनिकालमा विऊ जोगाउनु । यो उखानको पनि गहिरो सन्देश रहेछ भन्ने  अर्थ यो घटनाले छर्लङग पारिदिएको छ ।

समाजमा सबै चरित्रवान व्यक्तिहरु हुन्छन् भन्ने छैन् । फरक फरक चरित्र र विचार, आस्था र सोंचका मान्छे हुन्छन् । जसले गर्दा त्यस्ता घटनाबाट बच्न पहिलो सुरक्षाको मार्ग भनेको आफै हो अरुले त सल्लाह दिने मात्र हो । संसार स्वार्थी छ अझ गहिरिएर हेर्ने हो भने समाजमा इमान्दार व्यक्तिको मूल्य र मान्यता छैन् । पावर र दम्भले भरिएका जमातको हावि छ । जसले गर्दा पनि समाज आजको दिनसम्म पनि आर्दश संसारमा परिणत हुन सकेको अवस्था छैन ।

हामीलाई लाग्न सक्छ हामी सभ्य युगमा छौं हामी विकसित मानिस हौं हामी जस्तो जान्नेबुझ्ने कोही छैनौं जस्तो लाग्न सक्छ तर वास्तवमा भन्ने हो भने यो समाज आज पनि अर्ध सभ्य अर्ध जंगली र वर्वर युगमा छौं जसले गर्दा आज एक जना महिला, छोरी बहिनी बालिका घरबाट बाहिर निस्किदा सुरक्षित महसुस गर्न सकिरहेको छैन ।

हामी म, मेरो भन्दा माथि उठेर मानवीय सम्बन्धको वकालत गर्न सकिरहेका छैनौं । यसैको कमीकमजोरीले गर्दा आज ति अबोध नायिका र भिक्षुको दोहोरी प्रोपागान्डाले हाम्रो समाजमा स्थान पाईरहेको छ । पुरुष प्रधानसमाजमा महिला जति नै सही मार्गमा हिडेपनि महिलालाई खराब नै देख्ने अनि महिलाको चरित्र माथि अंकुश लगाउने प्रयास भईरहेको छ । यसो भन्दै गर्दा सबै पुरुष खराब हुन् भन्न भने खोजिएको होइन । तर हाम्रो समाजले सत्यतालाई आज पनि स्वार्कान सकिरहेको छैन ।

हामी सबैलाई थाहा भएको कुरो हो घटना घटिसक्यो । घटना पछि दोषिले आफ्नो गल्ती सार्वजनिक स्थानमै स्वर्कार गरि सकेको छ तर पनि त्यही वेमेलको घाऊलाई पटक पटक कोटाउने काम तपाई हामी बाट भईरहेको छ । जसले गर्दा आज हामी भित्र अलिकति पनि मानवता भन्ने चिज छैन भन्ने अनुभूति भएको छ । तपाई हामी बाट नै नायिकालाई भुत्तेहुनेगरी सरापेका छौं भने कतै भिक्षुलाई नङगाएका छौं । हामी सबैलाई थाहा भएकै कुरो हो । मान्छे हो मान्छे बाट नै गल्ती हुन्छ तर त्यही गल्तीबाट पाठ सिक्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आफू भित्रको सत्यतालाई बोध गर्दै आशक्ति ईगो र अंहकारलाई पन्छाउदै विशाल हृदय बनाएर हामी सबै दाजुभाई दिदीबहिनी हौं हामी सबै मिलेर यो संसारलाई आर्दशमय बनाउनु  पर्छ भन्ने भावनाको विकास हुन जरुरी छ । यस्ता घटना त समाजमा एक पछि अर्को घटिनै रहन्छ तर हामी भित्रको हृदयमा जबसम्म म म मेरो भन्ने साँघुरो सोंच राख्छौं भने यस्ता घटनाले स्थान पाउँदै जानेछ । तसर्थ यस्ता सांघुरा घेराबाट पार हुनु छ भने हामी सबै एउटै परिवार हौं सबै मिली एक अर्कालाई मद्दत गर्नुपर्छ भन्ने मानसिकताको विकास गर्नुपर्छ ।

मानिस जब धर्तिमा जन्मन्छ तबदेखि नै गल्ती गर्दै जीवनको अन्तिम सास छोड्दा पनि गल्ती गरेकै हुन्छ तर मानिस एउटा चेतनशील प्राणी भएको नाताले यदि मानिसले गल्ती गर्छ भने त्यो गल्तीबाट पाठ सिक्दै आउने दिन असल बनाउनु नै मानवीय धर्मको रुपमा लिन सकिन्छ । तर हाम्रो समाजमा एउटा सानो घटना हुनु हुदैन । वास्तविक घटनाको जडसम्म नपुगी रे को भरमा आ आफै न्यायधिक बन्दै समाजलाई नकारात्मक मार्ग तिर डोराइएका छौं जसले गर्दा समाज दिनप्रतिप्रति फोहोरी हुदैछ । त्यो भन्दा बढी फोहोरी र घिनलाग्दो हाम्रो दिलदिमाग र आत्मा भएको छ । हामीले जहिले पनि अर्कालाई औंला ठडाउँछौं तर त्यही औंला ठडाउदै गर्दा आफू कतिको चोखो छु भन्ने कुराको पनि हे्रक्का हामी भित्र छैन र जसले गर्दा आज समाजमा यस्ता घटनाले ठाउँ ओगटेको छ । अझ पनि यस्ता विषयमा संवेदलशील नहुने हो भने भोलिका दिनमा विश्वास भन्ने चिज नै नामेट हुनेछ ।

 यो संसार सत्यमा टिकेको छ । ढिलो चाँडो सत्यको नै जित हुन्छ । यदि कसैले बलजर्वरस्ती गलत कार्य गर्दै आफ्नो मनोपली देखाउने कर्तुत गर्दछ र अरुको जिन्दगीमाथि खेलवाड गर्दछ भने आजको दिनमा त्यो घटनालाई ढाकछोप गरिए पनि तर भोलि अवश्य त्यो घटनाको पर्दापास हुनेछ हामी सबैले प्रत्यक्ष देख्न र थाहा पाउन सक्नेछौं । त्यसकारण चाहे यो घटनाका पात्रहरु हुन् या जुनसुकै व्यक्ति किन नहोस् यदि आफ्नो गल्ती छैन भने कोही कसै सँग डराउनु दबिनु पर्ने आवश्यकता छैन । किन कि हरेक घटना र परिघटनाको छिनोफानो समयले दिनेछ । त्यसैले केवल हाम्रो हृदयमा सत्यता, नैतिकता र सुन्दरतामय संसारको परिदृ्रश्य बनाउदै सबैको भलो हुने कार्य गर्नुमा नै सबैको भलो हुनेछ । म र मेरो समुदाय मेरो जात मेरो परिवार मेरो देश भनेर जब हामी साँघुरो घेरामा बस्दै ति कमजोर आसक्तीको छेऊछाऊमा बस्दै कर्म गर्दछौं भने भोलिका दिनमा यसले ठूलो असर पार्नेछ । त्यसैले समयमै बुद्धि पुराएर आउँदा दिनहरुमा यस्ता घटनाहरु हुन नदिन आफैबाट सुरुवात गर्नुपर्छ । केवल आफ्नो लागि मात्र होइन सबैको हितकोलागि कर्म गर्ने प्रयास गरयौं भने पनि यस्ता सर्तकर्मको औराले आफ्नो लागि मात्र होइन आफ्ना वरिपरि रहेका मानिसहरुको चरित्र पनि सकारत्मक मार्ग तिर लम्कीनेछ ।

केवल आफ्नो लागि मात्र सोच्ने र जातीबादका झुण्डमा रमाउन उफ्रिन चाहनेहरुले पनि के बुझ्नुपर्छ भने संसार म र मेरो लागि मात्र जोडिएको छैन् । संसार विशाल छ त्यो विशाल संसारमा रमाउनकोलागि त्यहाँ कर्म गर्नकोलागि यस्ता सानातिना आसक्ति र सोंचबाट आफूलाई टाढैराख्दै सबै मानवहितकोलागि लाग्न सक्ने असल व्यक्ति बन्न सक्नुपर्छ । किन कि हामी मानव हौं हामी  भित्र आत्मा छ । आत्माले नेतृत्व गर्दछ र भौतिक शरीरले अनुसरण गर्दछ । जुन दिन हाम्रो आत्माले छाडेर जान्छ त्यो दिन हामी एउटा मुडा जस्तै भएर यो धर्तिमा पल्टीने छौं जब मानिसको शरीरमा त्यो आत्मा उडेर गैसकेपछि हामीले जिन्दगीभरी कमाएको कर्म के त के के सही गरौं के के गलत गरौं त्यसको मूल्याकंन र प्रतिफल प्राप्त गर्न सक्दैनौं । किन कि शरीर त मरेर, सडेर खरानी भएर जान्छ तर आत्मा  कहिल्यै मर्दैन्  ।त्यस कारण आफ्नो आत्मालाई फोहरी बनाउने काम तपाई हामी बाट नहोस् भन्नकोलागि पनि सांघुरो घेराबाट उठ्न जरुरी छ । हामी भित्र यो खुला आकाश जस्तै विशाल हृदय बनाएर सबैलाई आफू जस्तै मानवरुपी आत्माको आकृति हो भन्ने मूलतत्वलाई यदि बिर्सिदैनौं भने हामीमा यस्ता जातिबादका इगो घमण्ड कदापि आउदैन । भनिन्छ जब तिमीले अरुलाई फूल दिन्छौं फूल नै पाउँदछौं जब तिमीले फूल हौइन काँडा दिन्छौं त काँडा नै पाउने छौं यो पवित्र बाणीलाई हामी सबैले जीवनमा लागू गर्दै असल कर्म गर्नु नै मानवमुक्तिले सार्थकता प्राप्त गर्दै सूर्य चन्द्र र पृथ्वीको जीवन्त सत्यतालाई पहिचान गराउनेछ ।

रहयो कुरो नायिका र भिक्षुमाथि भएको शुद्धिकरण कार्य । जुन कार्यले केही समय समाजमा आगो नै बाल्न सफल भयो । तर त्यो आगो कतातिर बालिदैछ भन्ने प्रमुख विषय हो । यसको बारेमा हामीले चिन्तनमनन गर्नै पर्छ । भगवान् बुद्धले भन्नु भएको छ तिम्रो भुत्तकालको जिन्दगी कसरी बित्यो होला भनेर परिकल्पना र सोंचमा छौं भने आज तिमीले जुन तरिकाले जिन्दगी बिताई रहेको छौं त्यो तिम्रो भूतकालमा गरेको कर्म अनुसार नै हालको वर्तमानमा जीवनयापन गरिरहेको छौं । यदि अब आउने भविष्यमा मेरो जीवन कस्तो होला भन्ने परिकल्पना र सोंचमा छौं भने तिमीले हालको वर्तमान समयमा कसरी कर्म गरेको छौं त्यही अनुसार तिम्रो भविष्यको जीवन निर्धारण हुनेछ । यसको चुरो कुरो के हो भने हामीले जस्तो कर्म गछौं त्यही फल प्राप्त गर्ने हो । त्यसकोलागि उचित समयको पखाईमा बस्नुपर्छ ।

त्यसकारण यी घटनाका पात्रहरु नायिका र भिक्षु प्रति मेरो कुनै गुनासो छैन् । गुनासो त ति व्यक्तिहरुसँग गर्न लायक छ जसले यी दुवैलाई अनाहकमा नामेट पार्न सड्यन्त्र  र  प्रपन्च रचेर बसेका छन् । तर ढिलो चाँडो मात्र हो । दुनियाँका अगाडि छलकपट गरेपनि अब लुकाउने र छुपाउने समय छैन । किन कि यो समय भनेको दिवाप्रकाशीय समय हो यो घटनाको मुख्य योजनाकार छिटटै नै सबैको सामु आउनै पर्छ । त्यसैले यी घटनाका पात्र नायिका र भिक्षुप्रति मेरो साहनुभूति छ जसले केही समय कडा शुद्धिकरणको चपेटामा परेर भएर पनि आफ्नो आत्मामा लागेका केही दागहरु हटाउन सके । समयको भगवान्ले पनि जसले केही गर्न सक्छ उसैलाई हो अझ सफाई गर्दै शुद्धिकरण मार्फत परिमार्जन र सशक्त तथा उर्जाशील बनाउने । दुनियाले त जे पनि भन्छ तर हरेक घटनाका पछाडि केही न केही प्रमुख कारणहरु लुकेका र छुपेका हुन्छन् किन कि आज हाम्रो जिवनमा जे जे घटनाहरु घटेका हुन्छन् ति घटना पहिला नै हाम्रो जीवनको आध्यामिक जीवनमा घटिसकेका हुन्छन् । मात्र पछि भौतिक स्वरुपमा देखिने हो । तर कतिपयलाई यस्ता कुरा गरेपछि असही पनि हुन सक्छ तर वास्तविकतालाई बुझ्न एक पटक आफू भित्रको आत्मालाई बुझ्ने प्रयास गरयौं भने सबै कुरा स्पष्ट हुन्छ पर जानु पर्दैन मन्दीरमा गएर सोध्नु पर्दैन केवल रिचेक गर्न आफैभित्रको आत्मालाई सोध्ने प्रयास गरयौं भने हामीले नै सबै उत्तर पाउने छौं । र वास्तविक सत्यता जीवनमरणको चित्रण पनि हो । अतः हामीमा शत्रुलाई पनि मित्र बनाउन सक्नु पर्छ किन कि आत्मा नै परआत्माको अंश हो ।