• बैशाख २३ २०८३, बुधबार

अब प्रधानमन्त्री देउवाले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने

असार २२ २०७९, बुधबार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन नसकिँदासम्म अब अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका थिए । त्यसपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले आफैंसँग राखेका हुन् ।

बुधबार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले अर्थ मन्त्रालयको जिम्मेवारी आफैं मातहत राखेको जानकारी दिएको छ ।

बजेटको विषयमा सिसिटिभी फुटेज डिलिट गरेको जवाफपछि अर्थमन्त्री शर्माले बुधबार पदबाट राजीनामा दिएका छन्।