काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा कम्पनीले हवाई भाडा बढाउन बाध्य भएका छन् । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट सबैभन्दा लामो रुट धनगढीका लागि सबैभन्दा धेरै २२० रुपैयाँ बढेको छ ।
भाडा बढेसँगै अब काठमाडौंबाट धनगढी पुग्न अधिकतम १७ हजार २५ रुपैयाँ लाग्ने छ । काठमाडौंबाट पर्वतीय उडानको भाडा १४ हजार ८९० रुपैयाँ पुगेको छ ।
यस रुटमा १७० रुपैयाँ बढेको पाईएको छ । सबैभन्दा कम काठमाडौंबाट सिमराका लागि ४५ रुपैयाँ बढेको छ । यो रुटमा अब अधिकतम ४ हजार २४० रुपैयाँ भाडा लाग्ने भएको वायुसेवा सञ्चालकले जानकारी दिएकामे छ ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको थियो । अहिले हवाई इन्धनको मूल्य १८५ रुपैयाँ प्रतिलिटरबाट १९० रुपैयाँ पुगेको छ ।