• मंसिर १३ २०८१, बिहीबार

ओमिक्रोन भेरियन्टका नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि

असार २२ २०७९, बुधबार

काठमाडौं । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको जिन सिक्वेन्सिङ मार्फत परीक्षण गर्दा दुई वटा नुमनामा ‘बीए फाइभ’ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित केसको नमुना केन्द्रिय डाइनोस्टिक प्रयोगशाला र बेलिहिया नाकाबाट प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा विभिन्न भारत र नेपालको सिमा नाका तथा प्रयोगशालाबाट आएका ३२ वटा नमुनालाई जिन सिक्वेन्सिङ गरिएको थियो ।

जसमध्ये दुई वटामा ‘बीए फाइभ’, अर्को दुईमा ‘बीए वान्’ र बाँकी २८ जनामा ‘बीए टु’ पुष्टि भएको उनले बताइन् ।