• जेष्ठ १ २०८३, शुक्रबार

संघीय र प्रदेशसभा निर्वाचन मंसिर २ गते गर्न आयोगको प्रस्ताव

असार २२ २०७९, बुधबार

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते शुक्रबार एकै चरणमा गर्न सरकारलाई सिफारिस गरेको छ ।

बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सहितको टोलीले मंसिर २ मा निर्वाचन गर्न सिफारिस गरेको हो ।