काठमाडौं । आज (बुधबार) संसद्को बैठक बस्ने भएको छ । उक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आफ्ना कुरा राख्ने जनाइएको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट तयार गर्दा अर्थमन्त्री शर्माले एकजना पूर्वनायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको भन्ने आरोप छ । सो आरोपको अर्थमन्त्रीले बैठकमा खण्डन गर्नेछन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बुधबार बिहान बसेको केन्द्रीय कार्यालयको बिस्तारित बैठकपछि शर्माले संसद्बाट आफ्ना कुरा राख्न लागेका हुन् ।
बजेट तयार गर्दा अर्थमन्त्री शर्माले एक पूर्वनायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको भन्ने आरोप छ । त्यसको प्रमाणिकरणका लागि अर्थ मन्त्रालयको सिसिटिभी फुटेज माग्दा मन्त्रालयले डिलिट भइसकेको गैरजिम्मेवारपूर्ण जवाफ दिएको छ ।
मन्त्रालयको गैरजिम्मेवारपूर्ण जवाफपछि अर्थमन्त्री शर्मामाथि छानबिन हुनुपर्ने र त्यसका लागि उनले राजीनामा दिनुपर्ने प्रतिपक्षी दल नेकपा (एमाले)ले माग राख्दै आएको ।