काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ ।
आज बस्ने बैठकले पदाधिकारीसहित स्थायी कमिटी टुंग्याउने तयारी गरेको छ ।
हिजो (मंगलबार) बसेको पूर्वस्थायी कमिटी बैठकले स्थायी कमिटी र पदाधिकारी टुंग्याउने अख्तियारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।
माओवादी केन्द्रको बैठक आइतबारदेखि काठमाडौंमा जारी छ ।