• बैशाख २३ २०८३, बुधबार

नागरिकता सम्बन्धी अर्को संशोधन विधेयक संसदमा लैजाने तयारी

असार २१ २०७९, मंगलवार

काठमाडौं । सरकारले फिर्ता गरेको नागरिकतासम्बन्धी विधेयकलाई राखेर संसदमा अब नागरिकता ऐनको अर्को संशोधन विधेयक पेस गर्ने तयारी गरेको छ ।

मङ्गलवारको मन्त्रिपरिषद् बैठकले हाल प्रतिनिधिसभामा विचाराधीन नागरिकता विधेयक फिर्ता लिएर अर्को संशोधन विधेयक लैजाने तयारी गरेको हो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय स्रोतका अनुसार बुधबार नै नागरिकता ऐन २०६३ को अर्को संशोधन विधेयक संसद्मा पेस गर्ने तयारी छ । त्यसअघि मङ्गलवार साँझ नागरिकतासम्बन्धी विवादित विषयमा सहमति जुटाउन सत्तारुढ दलको शीर्ष नेताको बैठक बसेको छ ।