• जेष्ठ १ २०८३, शुक्रबार

सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गर्दै प्रदर्शन

असार २१ २०७९, मंगलवार

काठमाडौं । अर्थमन्त्री शर्माले बजेट निर्माण प्रकृयामा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै सदनदेखि सडकसम्म चर्को आलोचना भइरहेको छ ।

। यति मात्र नभएर उनले त्यहि दिनको सिसिटिभी फटेज डिलिट भएको भन्ने खबर अहिले सर्वत्र फैलिएको छ ।

तीनै कारणले अहिले अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघले ,अर्थमन्त्री राजीनामा देु, ,अर्थमन्त्रीलाई बर्खास्त गरु भन्दै नाराबाजी गरेका छन् । उनीहरुले बजेट निर्माण प्रकृयाका क्रममा भएको गतिविधिको सीसी टीभी फुटेज सार्वजनिक गर्न माग गरेका छन् ।