• जेष्ठ १ २०८३, शुक्रबार

काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा संक्रमण, संक्रमितको संख्या कति पुगे ?

असार २१ २०७९, मंगलवार

काठमाडौं ।  उपत्यकामा थप दुई जना हैजा संक्रमित भेटिएका छन् । यो सँगै काठमाडौंमा हैजा संक्रमण पुष्टि हुनेको संख्या १९ पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासका अनुसार कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको हो।

डा‍. चुमनलाल दासकाअनुसार कागेश्वरी मनहरा नगरपालिका–६ का ४ र ६ वर्षका बालकमा हैजा भेटिएको हो। उनले ती दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएको बताएका छन् । यसअघि शुक्रबार काठमाडौंको कीर्तिपुर, कागेश्वरी मनोहरा र टेकुमा १/१ जनामा हैजा संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले प्राय सबैमा दुषित पानीका कारण हैजा देखिएको जानकारी दिए।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले वितरण गरेको केही ठाउँको पानीमा पनि इकोलाई भेटिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हैजा रोगको रोकथाम तथा नियन्त्रणको लागि सतर्क रहन आम नागरिकलाई आग्रह गरेको छ।

हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न र गर्मी तथा वर्षायाममा विशेष गरी झाडापखालाका, हैजा तथा पानी जन्य रोगहरू फैलने हुँदा सम्पूर्ण सरोकारवालाहरू सजग र सतर्क रहन महाशाखाको आग्रह छ । ।