काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थमन्त्रीकाे राजीनामा माग्दै तत्काल प्रधानमन्त्रीले एक्सन लिनुपर्नेमा जोड दिएका छन् ।
सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले तीन महिनाको सिसिटिभिको फुटेज राख्नुपर्नेमा १३ दिनको मात्रै रहने अर्थमन्त्रालयको भनाइले अनेक प्रश्न उठ्न थालेको बताए ।
सिसिटिभिको फुटेज १३ दिनको मात्रै रहने अर्थमन्त्रालयको जवाफमाथि प्रधानमन्त्रीले तत्काल एक्सनमा जानुपर्ने बताएका हुन् ।
उनले करको दायरा हेरफेरको विषय उठेपछि अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले अर्थमन्त्रीलाई हटाएर छानविन गर्नुपर्ने धारणा राखे ।