• बैशाख २३ २०८३, बुधबार

जसपाबाट सिफारिस नयाँ मन्त्रीको शपथग्रहण कहिले ?

असार २० २०७९, सोमबार

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी (जसपा)बाट सिफारिस नयाँ मन्त्रीको शपथग्रहण केही बेरमा हुने भएको छ । हिजो (सोमबार) जसपाले नयाँ मन्त्री सिफारिस गरेसँगै उनीहरूको शपथग्रहण पनि आजै हुने भएको हो ।

जसपाबाट भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव नियुक्त भएका छन् ।

भौतिक पूर्वाधार मन्त्री रेणु यादव, वनमन्त्री रामसहाय यादव र कृषि मन्त्री महिन्द्र राय यादवलाई फिर्ता बोलाएको थियो ।

सोमबार अपरान्ह साढे ४ बजे राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीहरूको सपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार बेलुकी बालुवाटारमा भेटेर पार्टीबाट सिफारिस भएका नयाँ मन्त्रीको नाम बुझाएका थिए ।