काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । आज (सोमबार) बस्ने प्रतिनिधि सभाको बैठकमा ओलीले सम्बोधन गर्ने भएका हुन् ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले अध्यक्ष ओलीले आज दिउँसो बस्ने प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने जानकारी दिए ।
‘सम्बोधनका लागि समय माग गरिएको छ, समसामयिक विषयमा धारणा राख्नुहुनेछ’, नेम्वाङको भनाइ छ । एमालेले महंगी, भ्रष्टाचार, मल अभावका विषयमा सरकारको विरोध गर्दै आएको छ ।