काठमाडौं । नेकपा (माओवादी केन्द्र)को दोस्रो दिनको केन्द्रीय समिति बैठकमा प्रदेश संयोजकहरुले रिर्पोटिङ गर्दैछन् ।
पहिलो दिन बागमती र उपत्यका विशेष कमिटीले रिर्पोटिङ गरेको भएपनि बाँकी प्रदेशकोे रिर्पोटिङ भने आज (सोमबार)बाट सुरु हुने भएको हो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन माथिको टिप्पणी तथा स्थानीय तहको निर्वाचनको समीक्षा, संघीय निर्वाचनको तयारी, संगठनात्मक अवस्थालगायतका विषयमा प्रदेशअनुसार रिर्पोटिङ जारी छ ।
हिजो बसेको बैठकमा छलफलका लागि ९ बुँदे प्रस्ताव पेश भएका छन् । सोही आधारमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् ।