काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न भएको छ ।
दुई दिने (शनिबार र आइतबार )सम्पन्न बैठकले पार्टीको अन्तरिम विधान २०७८ संशोधनसहित पारित गरेको छ ।
यसैबीच, लोसपाले सरकारले ल्याएको भू उपयोग नीति अव्यावहारिक तथा षड्यन्त्रपूर्वक ल्याइएको बताएको छ ।
‘नेपाल सरकारले २०७९–२–२३ गते जारी गरेको नियमावली राजपत्र समेतमा प्रकाशित गरी ल्याइएको भू उपयोग नीतिप्रति लोसपा नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,’ लोसपा अध्यक्ष महन्थ ठाकुरले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यो नियमावली अत्यन्त अव्यावहारिक तथा षड्यन्त्रपूर्वक ल्याइएको हो र यो हाम्रो संस्कृतिमाथिको प्रहार पनि हो ।’
यसबाट गरिब किसानको सामाजिक, आर्थिक सांस्कृतिक पक्षमा अति नै प्रभाव पार्न सक्ने लोसपाको ठहर छ ।
