• जेष्ठ १ २०८३, शुक्रबार

पर्खाल भत्किँदा मजदुरको मृत्यु

असार १९ २०७९, आईतवार

डोल्पा । डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-३ मा पर्खाल भत्केर एक मजदुरको मृत्यु भएको छ ।

स्थानीय टसी तुण्डुप गुरूङको घरको कोठाको पर्खाल वर्षाका कारण भत्किँदा घरमा मजदुरी गर्ने जाजरकोट नलगाड नगरपालिका-७ घर भएका ३१ वर्षीय भरत बिकको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

पर्खाल भत्किएर भरतको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी साल्दाङको टोली घटनास्थल पुगेको थियो घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।