काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले किसान नेता हुनका लागि खेतबारी हुनुपर्ने बताएका छन् ।
किसान नेपाल महासंघको दोस्रो राष्ट्रिय समितिको बैठकलाई यहाँ सम्बोधन गर्दै उनले किसान नेता हुनका लागि परिचयपत्र नभएर खेतबारी हुनुपर्ने बताए ।
किसान नेताहरूले भाषणमा सुनेर मात्र नभएर काम गर्नुपर्ने धारणा राखेका थिए । “देखिने प्रतिफल प्राप्त हुने गरी काम गर्नुपर्दछ,” उनले भने, “मेलै बिरुवा बढाए नि भन्दा देखिनु प¥यो ।” सङ्गठनमा आबद्ध भएकालाई राजनीतिकरण गर्नुपर्ने उहाँको भनाइ रहेको थियो । “राजनीतिकरण भनेको राजनीतिक जागरण ल्याउने हो । ६० प्रतिशत किसानलाई खेती उत्पादनप्रति जागरण ल्याउनुपर्ने उनले बताए ।