साहित्य सदन नेपालले २०७७ को हृदयचन्द्र सिंह स्मृति पुरस्कार प्रा डा ताराकान्त पाण्डे र २०७८ को हृदयचन्द्र स्मृति पुरस्कार नियात्राकार विष्णु शर्मा पराजुलीलाई प्रदान गरेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजित एक समारोहबीच वरिष्ठ साहित्यकार निनु चापागाइँले उक्त पुरस्कार वितरण गरेका थिए । पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ । त्यसैगरी २०७८ सालको गोपालप्रसाद रिमाल पुरस्कार कवि वासुदेव अधिकारी र २०७९ को गोपालप्रसाद रिमाल पुरस्कार कवि एवं समालोचक डा गीता त्रिपाठीलाई प्रदान गरिएको छ ।
उक्त पुरस्कारको राशि जनही रु २० हजार रहेको छ । साहित्य सदन नेपालले प्रत्येक वर्ष हृदयचन्द्र सिंह स्मृति सम्मान तथा गोपालप्रसाद रिमाल पुरस्कार विभिन्न स्रष्टालाई प्रदान गर्दै आएको छ । गत वर्ष कोरोना माहामारीका कारण स्थगित भएको दुवै पुरस्कार यस वर्ष प्रदान गरिएको सदनका कार्यवाहक अध्यक्ष प्रा डा हेमनाथ पौडेलले जानकारी र्दिए ।
कार्यक्रममा नेकपा ९एमाले०का नेता रामेश्वर फुयाँल, प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायलगायत कवि एवं साहित्यकारको उपस्थिति थियो ।